हेटौँडा, २६ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ हुनु भएको छ ।
वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले फेसबुकमा संक्षिप्त विवरण दिँदै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको बताउनु भएको छ ।
गौतमका अनुसार, शनिबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरपुग्नु भएको थियो ।
भेटमा प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको गौतमले बताउनु भयो । ‘स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा भएको छैन,’ गौतमद्वारा जारी प्रेस नोटमा भनिएको छ ।