हेटौँडा, २६ असार । कहिलेकहीँ यस्ता भिडियोहरु आउँछन् कि, तिनले मानव सभ्यतामै प्रहार गरिरहेको हुन्छ, सिंगो संसार यस्तो घटनामा टक्क अडिएर वादविवाद गरिरहेको हुन्छ । यस्तै एउटा भिडियोले अहिले संसार तताइरहेको छ । टिकटकमा यो भिडियोको ओरिजिनल भिडियो त हटिसकेको छ र त्यो भिडियोको पार्टलाई लिएर सबै चर्को बहस गरिरहेका छन् ।

तपाईं सोच्नुहोस् त पतिपत्नीको सम्बन्ध कस्तो हुन्छ ? ७ जन्मको सम्बन्ध मानिन्छ । सौता भन्ने कल्पना पनि गर्दैनन् हरेक नारी । त्यतिमात्र होइन, अरुसँग विवाहेत्तर सम्बन्धको कल्पना पनि हुन्न कुनै पनि धर्ममा ।

तर द सनले एउटा यस्तो समाचार छापेको छ कि, जहाँ स्विंगर मिली नाम गरेकी महिलाले आफ्नो पतिलाई राति आमासँग पठाउने गरेको बताएकी छिन् । उनले १० सेकेण्डको टिकटक भिडियोमा भनेकी छिन्: ‘यसमा कुनै आपत्ति छैन, आमा र पति खुशी छन्, त्यसैले म पनि खुशी छु ।’

त्यतिमात्र होइन, स्विंगरका पतिले सासुलाई अँगालो मारिरहेको भिडियो पनि शेयर गरेकी छिन् ।

उनको भिडियोलाई १ करोडौँपटक हेरिएको छ । कमेन्टमा स्विंगरलाई गाली पनि गरिएको छ । तर स्विंगरले यसमा कुनै आपत्ति मानेकी छैनन् । भनेकी छिन्, ‘मेरो पति खुशी छन् त म पतिको खुशीका लागि जे पनि गर्न सक्छु ।’ स्विंगरलाइफमा तपाईं भिडियो पनि हेर्न सक्नुहुनेछ । (एजेन्सीको सहयोगमा)