हेटौंडा, २५ असार 
नेपाल शिक्षक महासंघ मकवानपुरले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको छ । बिहान बिहान १० बजे दिउसो १ बजेसम्म धर्ना दिएको नेपाल शिक्षक महासंघ मकवानपुरका सहअध्यक्ष खेमराज लामिछानेले बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएका सबै सहमति कार्यान्वयन नभएकाले धर्ना दिएको  महासंघले जनाएको छ । शिक्षक कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा लगायतका ३४ बुँदे माग राखेर शिक्षक महासंघ आन्दोलनमा छ । 

 शिक्षक महासंघ मकवानपुरका सह अध्यक्ष तथा जिल्ला आन्दोलन परिचालन समिति मकवानपुरका संयोजक खेमराज लामिछानेले याु पटकको आन्दोलनबाट शिक्षकका समस्या समाधान गराएरै छाड्ने बताउनुभयो ।


शक्ति खबरसँगको कुरा गर्दै लामिछानेले अहिले चौथो चरणको आन्दोलन चलिरहेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । शिक्षक महासंघको आन्दालनमा नेपाल शिक्षक संगठन सहभागी नभएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।


शिक्षक महासंघ मकवानपुरले भोलि जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै छ । भोलि दिउसो ४ बजेपछि भर्चुअलका माध्यमबाट अन्तरक्रिया कार्यक्रम राख्रिएको लामिछानेले बताउनुभयो ।