हेटौंडा, २५ असार ।
हेटौंडा १२ हात्तीगौँडास्थित जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुध उत्पादक कृषकहरूलाई अनुदान रकम प्रदान गरेको छ ।


२०७६ साल श्रावण महिनादेखि २०७७ साल असार महिनासम्म दुध बिक्री गरेका कृषकहरूलाई रकम वितरण गरेको हो । किसानहरूले उत्पादन गरेको दुधको परिमाणका आधारमा अनुदान रकम प्रदान गरेको सहकारी संस्थाका अध्यक्ष मधुसुदन नेपालले जानकारी दिनुभयो ।


बागमती प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त अनुदान रकम ३ लाख ५७ हजार ११२ रुपियाँ बितरण गरेको सहकारीका व्यवस्थापक रामहरि पोखरेलले बताउनुभयो ।


रकम वितरण कार्यक्रम वढा नम्बर १२ की वडा सदस्य लीला कुमारी बिकको उपस्थितिमा सम्पन्न भएको थियो । सहकारीमा अहिले १ सय ७० जना कृषक आवद्ध छन् ।