हेटौडा,२५ असार । सरकारले नेपाल सरकारका सहसचिव कृष्णहरि पुष्करलाई सचिव र नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआइजी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
बढुवा सिफारिस समितिले सचिवका लागि पुष्करसहित तीनजना सहसचिवको नाम सिफारिस गरेको थियो।
तीनजनामध्ये पुष्करको नाम पहिलो नम्बरमा थियो। त्यसपछि खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम थियो।
त्यसैगरी सरकारले केही दिनअघि थापालाई नै बढुवा गर्न एआइजीको नयाँ दर्बन्दी सिर्जना गरेको थियो। बढुवा समितिले पनि थापाको नाम मात्र बढुवाका लागि सिफारिस गरेको थियो