हेटौंडा, २४ असार ।
मकवानपुर जिल्लामा २७ गते आइतबारदेखि सार्वजनिक यातायातको साधन सञ्चालन हुने भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापनले आइतबारदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयमकवानपुरलाइृ सिफारिस गरेको थियो ।
सोही सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यलय मकवानपुरले असार २७ गते आइतबारबाट सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिएको हो ।
मकवानपुर जिल्लामा २ महिनादेखि यातायात बन्द रहेका छन् । यातायात बन्द हुँदा व्यवसायी मारमा परेका छन् ।
यसअघि प्रशसनले निजी सवारी सञ्चालन गर्न अनुमति दिएसंगै यातायात ब्यवसायीहरुले स्वाथ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका थिए ।