हेटौंडा,२४ असार ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट आज एक जनालाई विदाई गरिएको छ ।
कोभिड संक्रमण मुक्त भएका उहांलाई पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवा संघका उपाध्यक्ष गणेश भेटुवाल र अध्यक्ष सल्लाहकार नरोत्तम दहालले विदाइ गर्नुभएको हो ।
कोभिड हेल्प डेस्कबाट बिहीबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–९, लामसुरे निवासी कोभिडको कारण बिरामी पर्नुभएका एकजनालाई अक्सिजन सहयोग गरिएको हो ।