हेटौंडा, २४ असार । 
प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । हिजो र आज बिहान प्रहरीले मकवानपुरबाट १७८ किलोग्राम गाँजा बरामद गरेको हो ।
 हिजो बेलुका हेटौंडा १५ रातोमाटेमा चितवनबाट बारातर्फ जादै गरेको ना ४ च ५०१५नम्बरको बोलेरो पिकअप गाडीबाट ५७ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ । 
यस्तै आज बिहान   २ बजेर ४५ मिनेटमा हेटौंडा ५ सानोपोखरामा गाडी चेक जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको १२० किलो ९०० ग्राम गाँजा फेला परेपछि गाडी नियन्त्रणमा लिएको र फरार चालकको खोजीकार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी लिएको छ ।