हेटौंडा, २४ असार ।
मकवानपुरमा बिहिबार ७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ७३ जना आज संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्र हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १० हजार ६ सय ५९ पुगेको स्वास्थ्य कार्यालय मकवानपुले जनाएको छ ।
यस्तै, मकवानपुरमा बिहिबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७० जनाको एन्टीजेन परीक्षण गर्दा २९ जनामा र ९४ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।