हेटौँडा, २१ असार । पूर्वी चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

आइतबार साँझ उप्रेतीको शव फेला परेपछि सोमबार प्रहरीले अस्पताल लैजान खोज्दा स्थानीयले घटना छानबिनको माग गर्दै गरेको पूर्व–पश्चिम राजमार्ग बन्द साँझा ६ बजे खुलेको छ ।

युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गरेर राजमार्ग अवरुद्ध गर्दा ठूलो मात्रामा प्रहरी परिचालनका बावजुद पनि राजमार्ग दिनभर बन्द रह्यो । शव काठमाडौंमा पोष्टमार्टम गर्न पठाउने सहमतिसँगै साँझ राजमार्ग खुलेको हो । प्रहरीले अहिलेसम्म कसैलाई पनि यो घटनामा पक्राउ गरेको छैन ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्ः