हेटौंडा, २० असार । मकवानपुरमा असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयम मकवानपुरमा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण संक्रमणको दर क्रमशः घट्दै गएको तर जोखिम यथावत नै रहेकाले जारी निषेधाज्ञालाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरले सिफारिस गरे अनुसार सुरक्षा समितिले जारी निषेधाज्ञालाई निरन्तरता दिँदै असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
मकवानपुरमा यसअघि असार १४ गतेको सुरक्षा समितिको बैठकले भोलि असार २१ गते निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।