हेटौंडा, १९ असार ।
मकवानपुर जिल्लामा आज ५६ जना कोरोना सङ्क्रमित थपिँदा ९७ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज ३०९ जनाको एन्टिजेन र पिसिआर जाँच गर्दा मकवानपुरमा ५६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज परीक्षण गरिएको ३०९ जनामध्य १८ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९७ जना आज संक्रमण मुक्त भएका छन् ।
कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ४६ जना,थाहानगरका १५ जना, कैलाश,मकवानपुर गढी र राक्सिराङमा १÷१ जना,बागमती र बकैयामा २÷२ जना,मनहरीमा २९ जना गरी जम्मा ९७ जना कोरोना मुक्त भएका हुन् ।
यससंगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार २ सय १३ पुगेको छ ।