भीमसेन पौडेल
हेटौँडा, १९ असार ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौँडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले चालु वर्षको समीक्षा तथा आगामी आर्थिक वर्षको बजेट तथा कार्ययोजनाबारे शनिवार सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा बजेट तथा कार्ययोजना निर्माण समिति संयोजक एवम संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७७–७८ मा शेयर पूँजी १ करोड ७५ लाख बचत १५ करोड ७० लाख रुपैयाँ छ भने ऋण लगानी ३ करोड २१ लाख रुपैयाँ छ । यो पूँजी विस्तार गरी आगामी वर्ष शेयर पूँजी २ करोड रुपैयाँ र ऋण लगानी १६ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, गणेशकुमार श्रेष्ठ, संस्थाका सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, कर्मचारी, सञ्चारकर्मी र शेयर सदस्यको सहभागिता थियो । संस्थामा २ हजार ५ सय ५५ जना शेयर सदस्य छन् ।