हेटौंडा, १९ असार । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर –१२ मान्तीमा पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।
लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।
यसैबीच काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर –११ फस्कोटमा खसेको पहिरोले ३ घर जोखिममा परेका छन् । जोखिममा परेका घरका सदस्यहरूलाई धुलिखेलस्थित कालिजङ्ग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।