हेटौंडा, १९ असार । बागमतीमा पानीको बहाव बढेपछि सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले मकवानपुर आसपासका बासिन्दालाई चेतावनी जारी गरेको छ ।
रौतहट कर्मैया पधेरादोभानमा पनि बागमती नदीमा जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने ठाउँमा सुरक्षित रहन भनिएको छ । त्यस्तै आज भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र सहायक नदीमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।

कन्काई र कमला जलाधारका स–साना नदीमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।