हेटौंडा, १८ असार । बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण कार्य सुरु भएको छ । २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा कृषि थोक बजार निर्माण सुरु गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ¥याङमा दुइ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण गर्न लागिएको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।

कृषि थोक बजारको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार शिलान्यास गर्नुभयो । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो ।