हेटौंडा, १७ असार । बागमती प्रदेशसभामा बिहीबार बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो ३ बजेबाट शुरू हुने बताइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलद्वारा असार १ गते संसदमा प्रस्तुत आव २०७८/०७९ को बजेट, राजश्व र आयव्यय माथि छलफल हुने भएको हो ।
छलफलमा उठेका प्रश्नको मन्त्री ढुंगेलले शुक्रबार जवाफ दिनुहुनेछ । बजेटमाथिको छलफल बिहीबारबाट शुरू भई सोमबारसम्म चल्ने सम्भावित कार्यसूचि तय भएको छ ।
प्रदेश सरकारले आगामी आवका लागि लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।