हेटौंडा, १६ असार । मकवानपुरको मनहरीमा कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार बिहान बिरगंजबाट चितवनतर्फ हिँडेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित पुर्व पश्चिम सडक खण्डमा भएको दुर्घटनामा गाडिमा सवार एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।