हेटौंडा, १६ असार ।
युरोकप फुटबलमा क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोली निश्चित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्ड र युक्रेन विजयी भएसगै टोलीहरू निश्चित भएका हुन् ।
इंग्ल्यान्डले जर्मनीमाथि २–० को जीत निकाल्यो । जर्मनीका आक्रमणलाई असफल बनाउ“दै इंग्ल्यान्डले खेलको अन्ततिर दुई गोल गरेको थियो । स्टरलिङ र ह्यारीले इंग्ल्यान्डका लागि गोल गरेका थिए ।
अर्को खेलमा स्वीडेनमाथि युक्रेनले रोचक जीत निकाल्यो । निर्धारित समय बराबरी भएपछि थप ३० मिनेट पनि सकिएर इन्जुरी टाइममा युक्रेनले गोल गरेको थियो । युक्रेनका लागि म्यानचेस्टर सिटीका जिनचेन्को नायक सावित भए ।
जिनचेन्कोले गोल गर्नुका साथै निर्णायक गोलका लागि अवसर सृजना गरिदिएका थिए ।
क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीहरूको खेल
स्वीटजरल्यान्ड विरुद्ध स्पेन
बेल्जियम विरुद्ध इटाली
चेक रिपब्लिक विरुद्ध डेनमार्क
युक्रेन विरुद्ध इंगल्यान्ड