हेटौंडा, १५ असार । हेटौंडा उपमहानगरपालिकाको आज सम्पन्न नगरसभाले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पास गरेको छ ।

आज नगरसभा सदस्यहरुले बजेट माथी आफ्ना धारणा राखेपछी बजेट पास गरिएको मेयर हरिबहादुर महतले वताउनुभयो । आउँदो आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख विनियोजन गरिएको छ ।

बजेटमाथी नगरसभाका सदस्यहरुले आफ्ना सुझाब प्रस्त गरेको र सुझाबलाई कार्यान्यन गरेर अगाडी बढ्ने मेयर महतले वताउनुभयो ।

पाँच वर्षका लागि तोकिएर आएका जनप्रतिनिधिहरुले काम गर्ने अवधि अब थोरै मात्र रहेको र यसअघि धेरै राम्रा काम गरिएको उहाँले वताउनुभयो । यो समयमा पनि राम्रा र सकारात्मक काम गर्ने मेयर महतको भनाई छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न साढे दुइ अर्व रुपैयाँ भन्दा बढी रकम बिनियोजन गरिएको हो ।