–राजकुमार मल्ल, अध्यक्ष, राक्सिराङ गाउँपालिका

लोकतान्त्रिक विचार, संस्कार, व्यवस्था आएपछि आमनागरिकलाई सुसूचित गराउनु हाम्रो कर्तव्य हो । सबैलाई समयमा सूचना प्रवाह गर्नु र समयमै सूचना पाउनु नागरिकको संवैधानिक अधिकार हो । यसैअनुसार राक्सिराङ गाउँपालिकामा सूचना प्रवाह गर्न आमसंञ्चारका कुनै पनि माध्यमको पहुँच नभएको सर्वविदितै छ । यसो भनिरहँदा राक्सिराङ गाउँपालिकामा आमसञ्चारको पहुँच नभएको चाहिँ होइन ।

छिमेकी जिल्ला चितवन, धादिङलगायत मकवानपुरका विभिन्न स्थानबाट सञ्चालनमा रहेका विभिन्न एफएम रेडियोका सन्दर्भ सामग्रीहरु गाउँपालिकाका विभिन्न स्थानमा सुनिन्छ । गाउँपालिकाको कुनै सूचना तथा जानकारी गाउँपालिकाबासीलाई अन्य आमनागरिकलाई सूचना पु¥याउन गाउँपालिकालाई निकै समस्या परिरहेको छ । हामीले प्रसारण तथा प्रकाशन गर्ने सूचना एक मात्र सञ्चारमाध्यामलाई दिइ गाउँपालिकाबासीलाई पुर्याउन नसकिने अवस्था छ ।

भौगोलिक विकटताका कारण गाउँपालिकाको पश्चिमी क्षेत्रमा चितवनबाट प्रसारण हुने रेडियो सुनिन्छ भने पश्चिम उत्तरको भागमा धादिङबाट प्रसारण हुने रेडियो सुन्न्छि । त्यसैगरी, उत्तर पूर्वी भागमा मकवानपुरको उत्तरी क्षेत्रबाट प्रसारण हुने रेडियो सुनिन्छ भने दक्षिणी भागमा मनहरीबाट प्रसारण हुने मनहरी एफएम र हेटौँडाबाट प्रसारण हुने रेडियो र छिमेकी जिल्ला बारा, पर्सा, रौतहटबाट प्रसारण हुने एफएमहरु सुनिन्छन् ।

मकवानपुरको कर्णाली भने पनि हुने राक्सिराङ गाउँपािलकामा टेलिफोन सहजरुपमा भए पनि बिटिएसहरुमा ब्याट्री चार्ज हुन नपाउँदा लामो समय मोबाइलले पनि काम गर्दैन । चर्को घाम लागेका बेला टेलिफोनको नेटवर्क भए पनि झरी–बादल लागेका बेला मोबाइलको नेटवर्कसमेत हराउने समस्या छ । भौगोलिक विकटताका कारण सबै स्थानमा बिजुली बत्तीको सुविधा पु¥याउन सकिएको छैन । अझै पनि ५० प्रतिशत भन्दा बढी नागरिक सोलार बत्तीमा भर पर्छन् । इन्टरनेट र अन्य सञ्चारका सामग्री यहाँ अझै दुर्लभ छ । केही आर्थिक हिसाबले सम्पन्नले एनड्रोयड फोन बोके पनि करिब ५० प्रतिशत मानिसले मोबाइल बोक्ने सपना साकार हुन सकेको छैन । केही आर्थिकरुपमा सम्पन्न व्यक्तिले डिस होममार्फत टेलिभिजन हेरे पनि बहुसंख्यक नागरिकलाई सञ्चार र सूचना के हो भन्ने आधारभूत ज्ञानसमेत छैन ।

यहाँ धेरैजसो जनजाति र आदिवासी चेपाङ र तामाङ जातिको बसोबास छ । साक्षरताको अवस्था पनि निकै नाजुक नै छ । बोलीचालीको भाषा वा दैनिक कुराकानीको भाषामा कुरा गर्दा यहाँका बासिन्दालाई कुरा बुझाउन झनै कठिन छ । यस्तो अवस्थामा माथि उल्लेख गरिएका मिडिया हाउसले प्रसारण गरेको सामग्रीहरु सहजैरुपमा बुझ्न पनि यहाँका बासिन्दालाई कठिन छ ।

गाउँपालिकाको जिम्मेवारी यो छ कि यहाँका नागरिकको दैनिक स्तर उकास्न लक्षित वर्गका कार्यक्रम गाउँपािलकाले ल्याइरहेको छ । तर यी कुराकानीलाई व्यक्तिगतरुपमा सबैलाई भन्दै हिँड्न र आमसभा गरी सम्झाउन बुझाउन पनि सकिने अवस्था हुन्न ।
चेपाङ र तामाङ भाषामा सन्दर्भ सामग्री बनाएर प्रसारण गरी जनबोलीको आवाजमा सदैव प्रसारण गर्न हामीले माथि उल्लेखित सबै संञ्चारगृहलाई हमेसा समेट्न सकिँदैन । त्यसैले गाँउपालिकाको सबै भूभाग समेटिने गरी एफएम रेडियोको आवश्यकता महसुस गर्दै रेडियो स्टेशन खोल्न रकम विनियोजन गरिएको हो । स्मरण रहोस्, आमनागरिकलाई गाउँपालिकाले आफैँले रेडियो सञ्चालन गरी व्यापार व्यवसाय गरी आर्थिक उपार्जन गर्न खोजेको होइन ।

यदि गाउँपालिकाको लक्ष र मर्मानुसार कोही कसैले सहकारीमार्फत रेडियो स्टेसन सञ्चालन गरेको खण्डमा पहिलो चरणमा आर्थिक सहयोग गर्ने मात्रै हो । र, वार्षिकरुपमा गाउँँपालिकाको सूचना र सन्देश प्रसारण गरेबापत गाउँपालिकाले रेडियोलाई निश्चितरकम भुक्तानी गर्नेछ । गाउँपालिकाले समग्र स्थानीय बासिन्दाको जीवनस्तर सुधारका लागि र गाउँपालिका कुरा जनस्तरसम्म पु¥याउन विभिन्न भाषामा रेडियो कार्यक्रम बनाइ प्रसारण गराउने छ । अहिलेसम्म आमनागरिकमा सहज पहुँच र सरल तरिकाले सूचना प्रवाह गराउने माध्यम रेडियो हो । हामी रेडियो स्टेसनसँग सहकार्य गरेर अघि बढ्नेछौँ । न कि आफैँ रेडियो सञ्चालन गरेर व्यवसाय गर्दैनौँ । तर गाउँपालिकाले आम नागरिकलाई रेडियो सेट किनेर दिँदै रेडियो महत्व बुझाउँछ । यो रेडियोमा प्रसारण हुन कार्यक्रमबारे बुझाउँदै उनीहरुसम्म जानकारी पु¥याउँछौँ । त्यसैले रेडियो हाम्रो आवश्यकता हो, बिलासिता होइन ।

(शक्ति एफएम १०३.४ मेगाहर्जको कार्यक्रम शुभरात्रीमा किन चाहियो बागमती प्रदेश सरकारलाई मिडियामा गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री)