हेटौंडा, १४ असार । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पतालमा आज डायलासिस सेवा सुरु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई उपमहानगरपालिकाको सहयोग र समन्वय रहेको छ ।

डायलासिस सेवाको आज बिहानदेखि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम सिमेन्ट उद्योगले एउटा र युनिलिभरले २ वटा डायलासिस मेशिन सहयोग गरेका हुन् ।

अस्पतालमा आजैबाट सेवा सुरु भैसकेको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिनुभयो ।

अहिले पाँच वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस गर्न सुरु गरिएको छ । यो सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर काम सुरु गरिएको हो ।

अब छिट्टै थप पाँच वटा मेसिन ल्याएर डायलासिल सेवालाई बिस्तार गर्दै लैजाने तयारीमा रहेको मेयर महतले वताउनुभयो ।