भीमसेन पौडेल
हेटौंडा, १४ असार । स्थानीय स्तरबाट नै कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहलाई जुलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
जेडएसएलले सोमवार सालक पार्कमा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जेडएसएलले समूहलाई पीपीई १० सेट, थर्मामिटर ५ थान, अक्सिमिटर ५ थान, फेस शिल्ड २० थान, सेनिटाईजर १० लिटर र मास्क २ हजार पिस उपलव्ध गराएको समूहका क्षेत्रीय सदस्य शिव प्रसाद गौतमले बताउनुभयो ।
हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, जेडएसएलका प्रचण्ड महर्जन, विनोद लामिछाने, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, प्रगतिशिल युवा क्लवका अध्यक्ष प्रविण गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यालयले लकडाउनको समयमा समस्यामा परेका २० घरधुरीका उपभोक्ताको लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको कार्यालय सचिव केदार प्रसाद गौतमले बताउनुभयो ।