हेटौंडा, १४ असार ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारी आदर्श राजनेता भएको बताउनुभएको छ ।
मदन भण्डारीको जन्मदिनको अवसरमा आज हेटौंडा ९ स्थित दिव्य बाल उद्यानमा निर्मित मदन–आश्रित शालिककको अनावरण गर्दै मुख्यमन्त्री पौडेलले मदन भण्डारी नेपाली राजनीतिकको उज्ज्वल नक्षत्र भएको बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले दिव्य बाल उद्यान जस्ता पार्क हरेक वडामा बनाउनुपर्ने बताउँदै यसमा सरकारको पनि सहयोग र साथ रहने बताउनुभयो ।
विकासका काम गर्दा योजनावद्ध रूपमा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले अहिलेका विकासका कामले भविष्यमा समस्या आउन नहुने बताउनुभयो ।
कुष्माण्ड सरोवर त्रिवेणीधाम एक जना व्यक्तिको निरन्तर लगनशीलताले एउटा आकार लिएको र केही समयपछि नै देशकै प्रमुख धाम हुने बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वर्तमान सरकारले जनताले अनुभूति गर्ने गरी विकासका काम गरिरहेको बताउनुभयो ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटार, रङ्गशाला, निर्माणाधीन सिटिइभिटी, पाउडर दुध प्लान्ट आदि पुस्तौपुस्ताले सम्झिरहने काम मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएको बताउनुभयो ।
विभिन्न दातृ संस्थाहरूको सहयोगमा ५१ लाखको लागतमा निर्माण भएको दिव्य बाल उद्यानको स्तरीकरणका लागि आगामी वर्षका लागि ५० लाखभन्दा बढीको काम गर्ने योजना रहेको बाल उद्यान सञ्चालन समितिकिा अध्यक्ष तथा ९ नम्बर वडाका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभयो ।
बाल उद्यान बनाउने योजनाका लागि २० लाख रुपियाँ अनुमान गरिएको उहाँले बताउनुभयो । पार्क क्षेत्रभित्र जिल्ला वनस्पती कार्यालय, मानवसेवा आश्रम, सिआन पुनस्र्थापना केन्द्रलगायतले विभिन्न योजनाहरू ल्याएर काम सुरु गर्न लागेका छन् ।