हेटौंडा, १३ असार । मकवानपुरमा आज देखि सबै सरकारी कार्यालयको सेवा सुचारु भएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारी कार्यालयहरु खुलेका हुन् ।
कोरोना संक्रमण दर मकवानपुरमा केही कम भएपछी सरकारी कार्यालयहरु खुलेका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गरिएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आदेशमा जिल्लाका सरकारी कार्यालयहरु खुलेका हुन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्न सबैमा आग्रह समेत गर्नुभयो ।