हेटौंडा १३ जेठ ।
मकवानपुर जिल्लाका सरकारकारी कार्यालय आजबाट नियमित सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर कार्यालय सञ्चालन गर्न आग्रह गरे बमोजिम आजबाट कार्यालयहरू सञ्चालनमा आएका हुन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको सिफरिसमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गरिएको जिल्ला जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।
उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लामा कोरोना संक्रमणका कारण दुई महिनादेखि सरकारी कार्यालय बन्द रहेका थिए ।