हेटौंडा, १२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्काउने गरेको आरोप लगाउनुभएको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले महान्यायधिवक्ता मार्फत न्यायालयलाई धम्काउने र थर्काउने गरेको आरोप लगाउनुभयो ।
आफूले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको भन्दै अध्यक्ष दाहालले असन्तुष्टि पोख्नुभयो।
उहाँले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गर्नुभयो ।