हेटौंडा, १२ असार । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिबार (आज) मनहरी र हेटौंडामा भएका दुई घटनामा दुई जनाको मृत्यु भएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ का राजकुमार मोक्तानको शनिबार (आज) करेन्ट लागेर मृत्यु भएको छ ।

मोक्तानको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ टुटेपानीस्थित आफ्नै घरमा रहेको बिजुलीको बक्स खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

यस्तै मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको मनरा गाउँपालिका वडा नम्बर–२ का अंशु कुमार सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।