हेटौंडा, १२ असार । मकवानपुरको हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर २ का कोरोना संक्रमित ७१ वर्षिय एक पुरुषको मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २५ पुगेको कार्यलयले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । ५७ जनामा पिसिआर र २ सय २६ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप ६२ जनामा संक्रमण देखिएको हो ।
यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १० हजार ८ सय २४ पुगेको छ ।