हेटौंडा, १२ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट ७९ किलो गाँजा सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नंबर ९ का २० वर्षिय प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नंबर २ का ४३ वर्षिय लाल बहादुर स्याङतान रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भईरहेको र फरार अन्य केहि व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।