हेटाैँडा, ९ असार । नेपाल टेलिकमकाे प्रिपेड र पाेस्टपेड माेबाइल सेवा अवरुद्ध भएकाे छ । बिहान उठेर सेवाग्राहीले सम्पर्क गर्न खाेज्दा माेबाइल आफैँ डिस्कनेक्ट भएपछि समस्या देखिएकाे हाे ।
‘माेबाइल लाग्दैन, आफैँ डिस्कनेक्ट मात्र हुँदैन, बेलाबेला रजिस्टर्ड गरिएकाे छैन पनि भन्छ,’ सेवाग्राहीहरुले भने, ‘लामाे समय भइसक्दा टेलिकमकाे खराबीबारे कुनै सन्देश छैन, टेलिकमका स्थानीय कर्मचारीहरु पनि जानकार रहेनछन् ।’ एनसेलबाटसमेत एनटिसीका माेबाइलमा फाेन लागेकाे छैन ।
टेलिफाेन सेवा अवरुद्ध भएपछि फेसबुक म्यासेन्जर कलमा नेपाल टेलिकम हेटाैँडाका सञ्जीव सुवेदीले भन्नुभयाे, ‘केन्द्रमै समसया आएकाे हुनसक्छ, अहिलेसम्म केही भनिएकाे छैन ।’
नेपाल टेलिकमकाे सिस्टम नै ह्याक भएकाे या सिस्टममा इन्टर्नल इरर आएकाे हाे, टेलिकमले केही बताएकाे छैन । काठमाडाैँदेखि देशैभरका सेवाग्राहीले फेसबुकमा लेखिरहेका छन्, ‘के भयाे नेपाल टेलिकमलाई, सेवा अवरुद्ध हुँदा किन बाेल्दैन ?’