हेटौंडा, ८ असार । मकवानपुरमा आज ११३ कोरोनामुक्त भएका छन् । यसैगरि १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९४ जनाको पीसीआर परिक्षणबाट ४३ जनामा र १८२ जनाको एन्टीजेन परिक्षणबाट ७७ जना गरी १२० जनामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएर हेटौंडा अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा हेटौंडा–२ की ४६ वर्षीया महिला, हेटौंडा–१२ का ६४ वर्षीय पुरुष र भीमफेदी–३ का ३६ वर्षीय पुरुष रहेका छन् ।

योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको छ ।