हेटौंडा, ८ असार । पछिल्लो समय क्लबहाउस नामक एप निकै चर्चामा छ । युवायुवतिको आकर्षणको केन्द्रविन्दु बनिरहेको क्लबहाउसका कारण एक युवा फन्दामा परेका छन् ।

सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाउने एक जना पक्राउ परेका छन् ।

क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी प्रहरीको छवि धुमिल्याएको आरोपमा प्रहरीको साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का २० वर्षका ईशान लामिछानेलाई पक्राउ गरेको हो ।

अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।