हेटौंडा, ६ असार । मकवानपुरमा आज १५८ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरको अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा संक्रमण पुष्टि हुँदा १५८ जना कोरोना मुक्त भएका हुन् ।
विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५८ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा उपमहानगरपालिका भित्रका ८४ जना, थाहानगर गाउँपालिकाका १९ जना, मकवानपुरगढी गाउँपालिकाका १८ जनाले कोरोना जितेका छन् ।

यस्तै राक्सिराङ गाउँपालिकाका १४ जना, कैलाश र भिमफेदी गाउँपालिकाका ३/३ जना, मनहरी गाउँपालिकाका १६ जना, ईन्द्रसरोबर गाउँपालिकाका २ जना गरी जम्मा १५८ जना कोरोना मुक्त भएका हुन।

आज संक्रमण मुक्त हुने १५८ संगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ९ हजार १सय ३९ पुगेको छ ।