हेटौँडा, ५ असार । जु ची बुद्धिष्ट फाउन्डेसनको सहयोगमा हेटौँडा उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

चीनबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल सरकारको सहकार्यमा नेपालका विभिन्न निकायलाई हेक्याफ ३६० नेपालद्वारा एक द्वार प्रणालीमा हस्तान्तरण गरिएको हो । हेटौंँडा उपमहानगरलाई १५ थान अक्सिजन कन्सन्ट्रेटर, ३ सय नोजल क्याब, २ हजार थान के एन ९५ मास्क, २० हजार थान सर्जिकल मास्क, ३ हजार थान पिपिइलगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।

काठमाडौंमा भएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा जु ची बुद्धिष्ट फाउन्डेसनद्वारा हेक्याफ ३६० का निर्देशक सञ्जीव पाण्डे, हरि तिवारीलगायतको उपस्थिति थियो ।