हेटौंडा, ५ असार । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।

चीनको तिङ्ग्री काउन्टीनजिकै खसेको पहिरोले रोङसी खोला थुनिए पछि ताल बनेको छ । चिनियाँ टोलीले यसलाई चरणबद्ध रुपमा खुलाउने प्रयास गरिरहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उहाँको भनाई छ ।

पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तामाकोशीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निर्माण गरिएको छ ।

तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।