हेटौंडा, ४ असार । बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा हेटौँडाका सन्तोष चौलागाईं नियुक्त हुनुभएको छ ।
सामाजिक विकास मन्त्री तथा बागमती प्रदेश युवा परिषदका अध्यक्ष सरस्वती बस्नेतले चौलागाईंलाई उपाध्यक्षमा मनोनयन गर्दै शपथ खुवाउनु भएको छ ।

युवा परिषद मकवानपुरका अध्यक्ष भइसकेका चौलागाईंले प्रदेश युवा समितिमै भूमिकाका लागि इच्छा राख्नु भएको थियो । उपाध्यक्ष मनोनयनपछि चौलागाईंले भन्नु भयो, ‘सबैलाई समेटेर युवाका पक्षमा काम गर्नेछु, सबैको साथ चाहन्छु ।’