हेटौंडा, ३ असार । मकवानपुर प्रहरीले १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गए राती मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना १ ख ९९१० नम्बरकोे कन्टेनर गाडीलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङ स्थित पूर्व पश्चिम लोकमार्गमा चेकजाँच गर्दा उक्त परिणामको गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नम्बर– ५ का २८ वर्षिय गाडि चालक सनक बहादुर तामाङ, सह–चालक सोहि नगरपालिका वडा नम्बर– ८ का २४ वर्षिय सोमे तामाङ र सोही गाडिमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ का १८ वर्षिय सविन तामाङ छन् ।

उनीहरुले गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा १४३ किलो ३०० ग्राम फेला परेको मकवानपुर प्रहरीले बताएको छ ।

लागुऔषध गाँजा र कन्टेनर गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

यसअघि असार १ गते पनि ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित मकवानपुरमा पाँच जना मानिस पक्राउ परेका थि