हेटौंडा, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारमा खट्न निर्देशन दिनुभएको छ । उहाँले बाढि प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको उचित व्यवस्था गर्न सम्बद्ध निकालाई निर्देशन दिनुभएको हो ।

वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

उहाँले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु बताउनुभयो ।