हेटौंडा, २ असार । बागमती प्रदेश सरकारले आफैँले सञ्चारगृह स्थापना गर्ने गरि ल्याएको बजेट प्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती प्रदेशमा रहेको उल्लेख छ ।

महासंघ प्रदेश अध्यक्ष शिव देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफुहरुले पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी वर्षिक बजेटमा समेट्न पटकपटक ध्यानाकर्षण गराएको तर, महासंघले उठाएका एक दर्जन बढि मागहरुलाई सम्बोधन नगरेको भनिएको छ ।

प्रदेश सरकारले स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता विपरित आफैँले आम सञ्चारगृह स्थापना गर्ने गरि आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको भन्दै महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश सरकार आफैँले सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र प्रेसलाई निरंकुशताको कडि लाउन खोजेको प्रष्ट भएको भन्दै महासंघले यस निर्णय फिर्ता लिन माग गरेको छ ।

विज्ञप्ती यस्तो छ: