हेटौंडा, १ असार
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतीका विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
कोरोनाको दोस्रो लहरपछि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका ज्यालामजदुरी गरी गुजारा गर्नुपर्ने परिवारलाई सोमबार राहत वितरण गरिएको हो ।
समाज बिकास तथा वातावरण सुधार नेपाल, नामक संस्थाले राहत स्वरूप खाद्यान्न वितरण गरेको हो । विपन्न वर्ग तथा वृद्धवृद्धाहरूलाई दुई पटक गरी ५० जनालाई, प्रतिपरिवार एक बोरा चामल, एक केजी दाल, एक पाकेट नुन,लगायतका राहात सहयोग गरेको सहारा टोल विकास संस्थाका अध्यक्ष अशोककुमार डिम्डुङले बताउनुभयो ।
सोमबार भएको राहत वितथरण कार्यक्रममा वडा नम्बर १३ का वडा सदस्य सन्तबहादुर तितुङ,साहारा टोल विकास संस्थाका अध्यक्ष अशोककुमार डिम्डुङ, विशेष राहतका लागि पहल गर्ने युवाहरूको उपस्थिति रहेको थियो ।