हेटौंडा, ३१ जेठ ।
मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सहरूको आजबाट अनुगमन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आजबाट एम्बुलेन्सहरू कहाँ पुगेका छन् र के गर्दै छन् भन्ने कुराको अनुगमन सुरु गरेको हो ।


अनुगमनका लगि एम्बुलेन्समा जीपीएस प्रविधि जडान गरिएको छ । सो प्रविधि जडान गरिएका एम्बुलेन्सको अनुगमन जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोल रुमबाट प्रहरीले गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सलाई व्यवस्थित तुल्याउन यो कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।


जिल्ला कोभिड व्यवस्थापन समितिको यही जेठ १९ गते बसेको बैठकले एम्बुलेन्सहरूको अनुगमन गर्ने निर्णय गरेको थियो ।

अहिले जिल्लामा सञ्चालित १७ ओटा एम्बुलेन्समा जीपीएस प्रविधि जडान गरिएको छ ।