हेटौंडा, ३० जेठ । मकवानपुरमा आइतबार ( आज ) थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ६९ जनाको पीसीआर परिक्षणबाट ३७ जनामा र १३३ जनाको एन्टीजेन परिक्षणबाट ४४ जना गरी ८१ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २०२ जनामा कोरोना जाँच गरिएको थियो । मकवानपुर आज ४० प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा मकवानपुरमा २ सय २१ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

यस अवधिमा मकवानपुरमा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन् ।