हेटौंडा, २९ जेठ । मकवानपुर कोभिड हेल्प डेक्स, पल्पसा आइसोलेसनलाई नेकपा एमाले मकवानपुरले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

नेकपा एमाले मकवानपुरकी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले शनिबार साँझ मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललाई ५० हजार नगद हस्तान्तरण गर्नुभयो ।

‘नागरिक समाजका रुपमा निजीक्षेत्रले चलाएकाे अभियान सह्रानीय छ,’ अध्यक्ष सिग्देलले भन्नुभयाे, ‘यस्ता अभियानहरुमा राजनीतिक दलहरुले सकेकाे मदत गर्नुपर्छ ।’

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल, नेपाली कांग्रेस हेटाैँडा उपमहानगर सभापति आनन्द पराजुलीकाे सहभागिता थियाे । सहभागीहरुलाई मकवानपुर उद्याेग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, कृष्ण प्रणामी समाजका बद्री चाैलागाईंले पल्पसा आइसाेलेसन र काेभिड हेल्प डेक्सबारे जानकारी गराउनु भएकाे थियाे ।

एमाले अध्यक्ष मुनु सिग्देलले आइसाेलेसनमा रहेका संक्रमितहरुसँग पनि भेटघाट गर्नु भएकाे थियाे ।

हेल्प डेस्कका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । हेल्प डेस्कले प्राप्त भएका सहयोग सामग्रीहरू कोभिड सङ्क्रमितहरूका लागि सहयोग गर्दै आइरहेको छ । यसअघि कोभिड हेल्प डेस्क मकवानपुरलाई नारायणी पेट्रोलियम विक्रेता संघले शुक्रबार ७५ हजार सहयोग गरेको थियो ।

यस्तै, मारवाडी एसाेसियसनले पनि आयुर्वेदिक ओैषधि प्रदान गरेकाे अध्यक्ष पवन अग्रवालले बताउनु भयाे ।

यसैगरी, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले पल्पसा आइसोलेशन सेन्टरलाई औषधी सहयोग गरेकाे छ ।