हेटौंडा, २९ जेठ । बागमती प्रदेससभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिनुभएको छ ।

उहाँले हिजो प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रति धारणा राख्ने क्रममा दिएको अभिव्यति फिर्ता लिँदै आफुले प्रयोग गरेको शब्द मर्यादा विपरित भएको आफैँलाई महसुस भएको बताउनुभएको छ ।

सांसद वैद्यले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको निति र संस्कृतिको पालना गर्दै संसदिय मर्यादाको पालना गर्न आफु प्रतिवद्ध रहेको उललेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको आफुखुसी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो ।

उहाँको अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उहाँकै पार्टी काँग्रेसले पनि अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।