हेटौंडा, २९ जेठ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा आउँदो भदौमा गर्ने भनिएको १४ औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

छलफलमा पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको छ । कोरोना महामारीकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा सभापति देउवाले पदाधिकारीको राय लिनुहुनेछ । नेपाली कांग्रेसको महाधिवेशन अघिल्ले वर्ष नैगर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन् ।

कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको छ र यो समय भदौमा सकिँदैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सभापति देउवाले नियतवश महाधिवेशन गर्न नचाहेको भन्दै आलोचना गर्दै आइरहेका छन् ।