हेटौंडा, २८ जेठ । मकवानपुरमा थप २ सय ६९ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ८ हजार ९ जना पुगेका छन् ।
यस्तै आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार १०७ जनाको पीसीआर परिक्षणबाट ४४ जनामा र ८७ जनाको एन्टीजेन परिक्षणबाट ३१ जना गरी ७५ जनामा कोरोना पुष्टि भएको हो । मकवानपुर आज ३८ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
यस्तै हेटौंडा अस्पतालमा उपचाररत १ जनाको मृत्युभएको छ। । मकवानपुरको बागमती गाउँपालिका–४ का ६८ वर्षीय वृद्धको मृत्यु भएको हो । हालसम्म हेटौंडा अस्पतालमा उपचारको क्रममा कोभिड–१९ संक्रमित ८१ जनाको मृत्यु भइसकेको छ ।