भीमसेन पौडेल
हेटौँडा, २८ जेठ । समुदायमा फैलिएको कोरोना नियन्त्रण गर्न गठित कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौडा ६-१७ ले मकवानपुरगढी-३ मा रहेको आइसोलेसन वार्डलाई शुक्रबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कार्यदलले आइसोलेसन वार्डलाई २५ कार्टुन पानी, ३ वटा छाता, २ सेट पिपिइ, मास्क २ प्याकेट, सेनेटाइजर ९ वटा र फेसशिल्ड ८ वटा उपलब्ध गराइएको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताउनु भयाे । सामग्रीहरु कार्यदलका राहत तथा आर्थिक उपसमिति संयोजक नवराज न्यौपानेले आइसोलेसन वार्ड इञ्चार्ज सन्देश घिमिरेलाई हस्तान्तरण गर्नु भयो । कार्यदलले आइसोलेसनमा बसेका ६ जना संक्रमितलाई पौष्टिक आहारसमेत वितरण गरिएकाे थियो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कार्यदलका राहत तथा आर्थिक उपसमितिका सहसंयोजक देवराज गौतम, कार्यदलका सदस्य पवन दुलाल, सुन्दरराज आचार्य, उत्तम ढकाल, भीमसेन पौडेललगायतको सहभागिता थियो ।
यसैगरी, कार्यदलले हेटौँडा-६ मा रहेका संक्रमितलाई घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पुतलीबजार, हात्तिलेट र रामनगरका संक्रमितलाई च्यवनप्राश, मास्क, सेनेटाइजर प्रदान गरिएको कार्यदलका राहत तथा राहत उपसमितिका सहसंयोजक देवराज गौतमले बताउनुभयाे ।