हेटाैँडा, २८ जेठ । हेटाैंडा उपमहानगरपालिका उपमेयर मिना लामाले वडा अध्यक्ष र वडा सदस्यहरुलाई काेभिड खाेप लगाइएकाे विषयलाई अनावश्यक राजनीतिकरण गर्न प्रयास भएकाे बताउनु भएकाे छ ।
शुक्रबार उपमहानगरपालिकाकाे उपमेयर कक्षमा केही वडा अध्यक्ष र वडा सदस्यलाई काेभिड खाेप दिइएकाे बताउँदै उपमेयर लामाले भन्नुभयाे, ‘कार्यालय आइपुगेका जनप्रतिनिधिलाई मेरै काेठामा खाेप दिइएकाे हाे, चर्चा गरिएजस्ताे कार्यकर्ताहरुलाई खाेप लगाइएकाे हाेइन ।’
‘म कामकाे सिलसिलामा बाहिर नै थिएँ, वडा नम्बर ११ तिर थिएँ, केही साथीहरु मलाइ भेट्न आउनु भएकाे रहेछ, केहीले खाप लगाउन पाइन्छ कि भनेर आफ्नाे नाम टिपाउनु भएकाे रहेछ,’ उपमेयर लामाले भन्नुभयाे, ‘नगरपालिकामा खुलेयाम कार्यकर्तालाई खाेप लगाइयाे भनेर चर्चा भएछ, यस्ताे कल्पना पनि गर्दिनँ, हुन पनि सक्दैन ।
हेटाैंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भाेला चाैलागाईंले नगरपालिकामा उपस्थित भएका वडाध्यक्ष र वडासदस्यलाई खाेप लगाइएकाे बताउनु भयाे । ‘उपमेयरज्यूकाे कक्षमा उपलब्ध जनप्रतिनिधिहरुले खाेप लगाउनु भएकाे हाे, केही सेवाग्राही उपमेयरज्यूलाई कुरिरहनु भएकाे थियाे, उहाँहरुले खाेप लगाउन पाउने भए नाम टिपाउने भन्नुभएकाे खबर आएकाे छ,’ चाैलागाईंले भन्नुभयाे, ‘खाेपकेन्द्रमा भिडभाड हुने र वडाबासीलाई नै खाेप प्राथमिकता दिनु पर्ने भएकाले वडाध्यक्ष र वडा सदस्यहरुले नगरपालिका आउदा खाेप लगाउनु भएकाे हाे, अरुलाई खाेप लगाइएकाे छैन ।’