हेटौंडा, २८ जेठ । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक डाक्नु भएको छ ।
आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ । आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धन सम्बन्धी विषय छ।
त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यलाई बैठकमा उपस्थित हुन र सम्बन्धनको पक्षमा मत राख्न निर्देशनसमेत दिइसकेको बताइएको छ ।
बिएण्डसीको विषय अदालतमा विचाराधिन रहेको र चिकित्सा शिक्षा ऐनको दफा १३ को ६ अनुसार पनि सम्बन्धन दिन नमिल्ने जनाइएको छ ।